सांगीतिक यात्रा र जीवन : नेपाल लोक स्टार सेकेन्ड रनरअप विनोद दनुवार

everest kitchen

काठमाडौं । २०५० सालमा बुवा गंगाबहादुर दनुवार र आमा झुकुमाया दनुवारको कोखबाट कान्छो सन्तानको रुपमा उदयपुरको कटारी नगरपालिका ७ रिस्कुमा जन्मेका हुन् । दनुवार परिवारमा जनणमेका उनमा सानैदेखि संगीतको मोह थियो । सानैदेखि गुनगुनाउने दनुवार अहिले “नेपाल लोक स्टार” सिजन एकका सकेण्ड रनरअप विजेता हुन ।

संगीतको क्षेत्रमा थुप्रै संघर्ष गरेको उनले लोक स्टारको तेस्रो विजेता हुदा गर्व महशुस गर्ने गरेको बताउछन् । कक्षा १ देखि १० सम्म स्थानीय जनप्रेमि माध्यमिक विद्यालयमा पढ्दा देखि नै संगीतमा रुचि राखेर अगाडि बढेको बताउने उनी स्कुलबाटै संगीतिक यात्रा सुरु गरेको उनी बताउँछन्।

प्रवासमा समेत श्रम गर्ने गएका दनुवार ०६८ सालमा एकल स्वर, लय भएको तीन चारवटा गीत समावेश गरी ‘निर्दोष’ एल्वम निकाले। त्यसवेला एकल लगानी भएकाले घाटा खानु परेको थियो उनलाई । नेपालमा भने जस्तो नभएपछि उनी मलेसिया छिरे । मलेसियामा बस्दा पनि उनले विभिन्न स्टेज कार्यक्रम र संगीतमा आफुलाइ सक्रिय राखे ।

मलेसियाको बसाइपछि नेपालमा आएका उनले चाहाना मिडिया प्रालिले नेपालमा पहिलोपटक आयोजना गरेको “आईएमई नेपाल लोक स्टारको सेकेन्ड रनरअप (तेस्रो ) विजेता भएका हुन । लोक स्टारको विजेता भएसंगै उनले दश लाख रुपैया बराबरको पुरस्कार पनि जितेका थिए । उनै गायक दनुवार संग हिमाल टाईम्सकर्मी विपेन उलङ्गले गरेको छोटो कुराकानी दृश्य यहाँ प्रस्तुत गरेका छौं :