काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पार्टी सचिवालयको बैठकमा पेश गरेको १९ पुष्ठ लामो राजनीतिक प्रतिवेदनले नेकपाभित्र हलचल मच्चाएको छ ।
खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र त्यसले पार्टीको आन्तरिक जीवनमा देखा परेको विवादबारे पेश गरिएको राजनीतिक प्रतिवेदनले अहिले खैलाबैला मच्चिरहेको छ । ओलीनिकट केही नेताहरुले प्रचण्डको यो एकल प्रस्ताव पार्टी एकताको मर्म विपरीत रहेको भन्दै सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन फिर्ता लिन माग गरिरहेका छन् ।
तर, कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्धय झलनाथ, खनाल माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डको तर्फबाट पेश भएको प्रतिवेदन आफूहरुको साझा भएको प्रष्टिकरण दिएका छन् । सचिवालय बैठककै क्रममा आफूहरुको समेत न गरी अध्यक्ष कमरेडबाट राजनीतिक प्रतिवेदन पेश भएको र सो माथि गम्भिरतापूर्वक छलफल हुनुपर्ने भनाई उपाध्यक्ष वामदेव गौतमले राखेका थिए ।
त्यस्तै नेता माधवकुमार नेपालले पनि सो प्रस्ता आफूहरुको संयुक्त भएको बताएका छन् । ओली निकट नेताहरुसँग पनि पाँच नेताले सो प्रस्ताव आफूहरुको संयुक्त भएको बताएका छन् । उज्यालो ने