आरोप–प्रत्यारोपको पत्रलाई प्रेमपत्र सम्झेर बैठक स्थगित गरौँ : मन्त्री गुरुङ

everest kitchen

काठमाडौँ । सूचना तथा संचार प्रविधिमन्त्री पार्वत गुरुङले आज बस्ने भनिएको पार्टीको सचिवालय बैठक स्थगित गर्न अनुरोध गरेका छन । मन्त्री गुरुङले अध्यक्षद्वयलाई अहिलेको आरोप-प्रत्यारोपको पत्रलाई प्रेमपत्र सम्झेर आजको सचिवालय बैठक स्थगित गरी एकतालाई बचाउन अनुरोध गरेका हुन ।

“सोच्नै नसकिने अकल्पनीय घटनालाई त बिर्सेर दुई ठूला भिन्न धारका कम्युनिस्ट पार्टीलाई एकताबद्ध गरेर विश्व कम्युनिस्ट आन्दोलनमै नयाँ दृष्टान्त पेश गर्न सफल अध्यक्षद्वयलाई अहिलेको आरोप(प्रत्यारोपको पत्रलाई प्रेमपत्र सम्झेर आजको सचिवालय बैठक स्थगित गरी एकतालाई बचाउन अनुरोध गर्दछु ।”मन्त्री गुरुङले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिचको चिसिदै गए पछि यति खेर पार्टी फुटको संघारमा रहेको अवस्थामा आज बुधबार दिउँसो १ बजे नेकपाको सचिवालय बैठक बालुलाटारमा बस्नेभएको छ । यधपी प्रधानमन्त्री समेत रहनुभएका ओलीका पक्षधरले भने आज बस्ने बैठक सार्नु पर्ने दवाब दिइरहेको भए पनि अर्का अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल पक्षधरले भने जसरी पनि आजै सचिवालय बैठक बस्नेमा जोड दिइरहेका छन् |