खुलामञ्चमा खुवाउने गरिएको नि:शुल्क खाना अबदेखि थापाथलीमा

everest kitchen

काठमाडौं । खुलामञ्चमा खुवाउँदै आइएको नि:शुल्क खाना अबदेखि थापाथलीमा खुवाइने भएको छ । रत्नपार्क छेउमै रहेको खुलामञ्चमा लकडाउन यता विभिन्न संघसंस्था र अभियान्ताहरुले नि:शुल्क खाना खुवाउदै आएकामा महानगरको अबरोधपछि थापाथलीमा खाना खुवाउन थालिएको हो ।

काठमाडौं महानगरपालिकाले मंसिर २ गते मंगलबारदेखि खुलामञ्चमा खाना खुवाउने काम व्यवस्थित ठाउँमा गर्न आग्रह गरेको थियो। तर महानगरले ठाउँ व्यवस्था नगरिदिएपछि मंगलबार खुलामञ्चमै खाना खुवाइएको थियो। महानगरले पार्टी प्यालेसमा खाना खुवाउने व्यवस्था गरिदिने बताए पनि अझैसम्म व्यवस्था नगरेको अभियान्ताहरुले बताए ।

बुधबारदेखि भने थापाथलीस्थित प्रसूति गृह पछाडिको चौरमा खुवाइएको हन्ड्रेडस् ग्रुपका संस्थापक बब्लु गुप्ता नेपालीले बताए। ‘प्रसूति गृह पछाडि एउटा चौर छ। टिनले बेरिएको एउटा ठाउँ छ,’ उनले भने, ‘हामीले त्यहीँ नै खाना खुवाउन थालेका छौं।’