जडिबुटी संकलनको लागि बनाएको भवन भाडामा

everest kitchen
photo file

म्याग्दी । ङ्कलन गरेर ल्याएको जडिबुटी भण्डारण गर्ने सुविधा सम्बन्धित ठाउँका कृषकलाई छैन् । उनीहरुले आफ्नै घर–घरमा जडीबुटी भण्डारण गर्छन् । जडिबुटी सङ्कलन हुने ठाउँमा बनाउनुपर्ने पूर्वाधार बजारमा बनाउँदा कृषकले सुविधा नपाएका हुन् ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले भने भवन बनाए पनि जडिबुटी सङ्कलकले चासो नदेखाएका कारण रित्तै राख्नु भन्दा मोनाको कार्यालय सञ्चालनका लागि भाडामा दिएको बताए । उनका अनुसार मोनालाई कोठा भाडामा दिएको पाँच महिना भयो ।

जडिबुटी सङ्कलक तथा निकासीकर्ताले माग गरेमा भवनको भूइँ तलामा खाली हुन लागेको कोठामा भण्डारणको व्यवस्था मिलाउने अध्यक्ष कर्माचार्यले बताए । ‘‘एक वर्षसम्म खाली राख्यौं, कोही व्यापारी र सङ्कलक सम्पर्कमा आउनुभएन्,’’ उनले भने, ‘‘खाली राख्नुभन्दा मोनाको कार्यालयका लागि दिएका हौँ । जडिबुटी भण्डारणका लागि आउनुभयो भने तल्लो तलाकै कोठा उपलब्ध गराउछांै ।’’

गाउँबाट ल्याएर निकासीका लागि लैजाने क्रममा बेनीमा अनुमति लिने समयसम्मका लागि राख्नका लागि सो कोठा बनाइएको हो । तर व्यापारीले जडिबुटी थोरै हुँदा आफूसँग राख्ने गर्छन् । डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा म्याग्दीबाट १९ प्रकारका जडिबुटी सङ्कलनलाई पूर्जि जारी भएको थियो । अतिसजरा, विष, नागबेली, खिरौले, लोक्ता, भिरमह, रातो च्याउ, निरमसी, कुट्कीजरा, सतुवाको गानो, पदमचालजरा, पानीअमला, पाषणभेद जरा, सुगन्धवाल, कुरिलोजरा, शिलाजित, अल्लो, मजिठोको डाँठ र चिराइतो सङ्कलनका लागि पूर्जि जारी भएको हो ।

कोरोनाको जोखिमले गत वर्ष यार्सा गुम्बा सङ्कलन तथा छोडपूर्जि जारी भएन् । कूल २६ हजार ३४२ केजी जडिबुटी सङ्कलन गर्न छोडपूर्जी जारी भएको सहायक वन अधिकृत नवीन विश्वकर्माले बताए । ‘‘सङ्कलन पूर्जि जारी गरेवापत चार लाख सात हजार ८५० रुपैयाँ राजश्वसमेत सङ्कलन भएको छ’’, उहाँले भन्नुभयो ‘‘सङ्कलन पूर्जि लगेका सबैले कोरोनाका कारणले निकासीका लागि छोडपूर्जी भने लिएका छैनन् ।रास्