नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

everest kitchen

 

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बै‌ठक बालुवाटारमा सुरु भएको छ । गत २८ कात्र्तिकमा बसेको सचिवालय बैठकले गरेको निर्णय अनुसार बोलाइएको बैठक केहीबेरअघिमात्र सुरु भएको हो ।

बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहितका सदस्यहरु उपस्थित छन् । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सपिचवालय बैठककै समयमा मन्त्रिपरिाष्द बोलाएका थिए । चौतर्फी विरोध र सन्देश राम्रो नजाने भन्दै प्रधानमन्त्रीले २ बजेका लागि मनित्रपरिाष्द बैठक बोलाएका छन् ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि विवाद उत्कर्षमा पुुगेको छ ।