नेकपा सचिवालय बैठक आगामी १३ गते बस्ने, अध्यक्षद्धयको छुट्टाछुट्टै प्रस्ताव पेस हुने

everest kitchen

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएका छन् । यससँगै बैठक १० दिनका लागि स्थगित भएको छ । अब सचिवालय बैठक मंसिर १३ गते बस्नेछ । साथै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा नेकपा अर्का अध्यक्ष ओलीले ‘प्रचण्डको प्रस्ताव आधारहीन रूपमा ममाथि गम्भीर आरोपसहित आएको बताएका छन । उनले भने” त्यसको मैले तयारी गरेर जवाफ दिनुपर्छ,’। त्यसको तयारीमा छु। केही समय लाग्छ।’