मलेसियामा एक नेपालीको मोबाइल हेर्दाहेर्दै निधन

everest kitchen


जेडी गाउँले

क्वालालम्पुर । सुरक्षागार्डको रुपमा बिगत १८ महिनादेखि मलेसियाको सेलाङ्गर राज्यस्थित साहआलम सेक्सन २६ मा सेक्रेट स्वएन्ज कम्पनीमा काम गर्दै आएका जीवन तामाङको १७ नोभेम्बर राती निधन भएको छ ।

उक्त दिन काम सकाएर साँझ क्लिनिक गई फर्किएका तामाङलाई साथीहरूले सोधपुछ गर्दा केहि नभएको बताएका थिए । प्रत्यक्षदर्शीका अनुसार सधै झैँ खाना खाएर ढल्केका जीवनले मोबाइलमा भिडियो हेरिरहेका थिए । हेरिरहेको मोवाईल अचानक उनको हातबाट झर्यो र छट्पटीएको जस्तो गरेर प्राण त्यागेको साथीहरूले जानकारी दिएका छन् ।

कम्पनी श्रोतका अनुसार शव पोस्टमार्टमको लागि अस्पताल लगिएको छ । आवश्यक प्रकृया पुरा गरि नेपाल पठाईने छ । मृतक नुवाकोट जिल्ला ककनी गाउपालिका त्रिसुलीका हुन् । नयाँ अनलाईन