करिब २ लाख नगदसहित सात जुवाडे नियन्त्रणमा

everest kitchen

 

काठमाडौं । धरानबाट सात जना जुवाडे पक्राउ परेका छन्। बुधबार मध्यराति धरान-१५ का सुरेश लिम्बूको घरबाट १ लाख ८९ हजार २१५ रुपैयाँसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धरान-१५ का राजकुमार लिम्बू, दीपराज आङ्देम्बे, दीपेन्द्र लिम्बू, धनेन्द्र लिम्बू, प्रेमकुमार लिम्बू, धरान-३ का युवराज आङ्देम्बे र टिकाराज आङ्देम्बे रहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई १५ थान कौडासहित पक्राउ गरिएको र जिल्ला प्रशासन कार्यालय सुनसरीबाट जुवा ऐन अन्तर्गत हिरासतमा राख्ने अनुमति लिइएको प्रहरीले जनाएको छ।