साथीहरुको पैसा सापट चलाएर युबराज थापा बेपत्ता

everest kitchen

गुल्मी जिल्ला घर भई हाल सेरीकुलेक सेक्यूरिटि कम्पनी साहआलम, मलेसियामा सेक्यूरिटि काम गर्दै आएका युवराज थापाले साथीरुसँग बिभिन्न बहाना बनाएर झन्डै २३ हजार रिंगेट भन्दाबढी सापटि लिएर बेपत्ता भएका छन् ।
आफूसँगै काम गर्ने र बस्ने साथीहरुबाट पैसा सापट लिएका थापाले सामान किन्न बाहिर जान्छु भनेर हिडेको तर, त्यसपछि नफर्किएको एक पीडितले बताए ।
उनले आफै काम गर्ने कम्पनीबाट ३०००, सुशिल तामाङबाट ४५००, कुलबहादुरबाट २०००, दीपराज धिमालबाट ३०००, गंगा मगरबाट २०००, रामचन्द्र पाठकबाट २०००, मलेसियन स्थानिय नागरिककै ३००, पाकिस्तानि नागरिक सिंबाट ४५०० र लिम्बु र पोखरेल थरका एक एक जनाबाट ३५०० गरि झन्डै २३००० रिंगेट भन्दा बढी रकम लिएका थिए ।
उनि कम्पनीमा नफर्किएपछि उनले पीडित बनाएकाहरु भने प्रहरी कारवाहि गर्ने योजनामा छन् । एक पीडितका अनुसार उक्त व्यक्तिले अन्य ठाउँमा गएर त्यस्तै किसिमको बदमासि नगरोस भनेर अरुलाई पनि जानकारी गराएको बताएका छन् ।