नेपालमा थप १ हजार ९ सय ४५ संक्रित थपिए

everest kitchen

 

काठमाडौं । नेपालमा थप एक हजार ९ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २२ जनाले ज्यान गुमाएका छन्। साथै पाँच हजार ३ सय ६४ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा २ लाख १६ हजार ९ सय ६५ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये २४ हजार ६ सय ६५ सक्रिय संक्रमित छन्।

एक लाख ९१ हजार २ जनालाई कोरोना संक्रमण निको भइसकेको छ । त्यस्तै अहिलेसम्म यसको संक्रमणबाट एक हजार २ सय ९८ जनाले ज्यान गुमाएका छन्