गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीको पछिल्लो गीत ‘बारीको कर्कलो’

everest kitchen

काठमाडौं । निक्कै रुचाइएको लोकगीत ‘नक्कली साली’ पछि गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीको पछिल्लो गीत ‘बारीको कर्कलो’ सार्वजनिक भएको छ । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विजय दर्पणको शब्द, योगेशकाजीको सङ्गीत, गोविन्द पराजुलीको रेकर्डिस्ट र एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको छ ‘बारीको कर्कलो’ मा । गीतमा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ ।

राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारीलाई फिचरिङ गरिएको छ । अजय रेग्मीको छायाँकन तथा ड्रोन रहेको भिडियो राजिव समरको कोरियोग्राफी रहेको छ । अमेरिकमा बसेर गीतलेखनमा सक्रिय नाम हो विजय दर्पण । उनका धेरै गीत स्रोता÷दर्शकमाझ लोकप्रिय छन् । योगशसँग विजयको यो दोस्रो सहकार्य हो । यसअघि यिनिहरुको सहकार्यमा ‘नक्कली साली’ सार्वजनिक भएको थियो ।