समीर मल्ल
काठमाडौं । नेपाल सितोरियो कराते सतुङ्गल डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।
आज आयोजित कार्यक्रममा डोजोले कीर्तिमानी खेलाडी दिपक विष्ट, दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता आयशा शाक्य, कराते प्रशिक्षक प्रकाश चन्दलाई ताम्रपत्रसहित सम्मान गरेको हो ।
दिपक विष्ट दक्षिण एसियाली खेलकूदमा चारवटा स्वर्ण जितेका कीर्तिमानी खेलाडी हुन् । आयशा शाक्यले पनि दक्षिण एसियाली खेलकुदमा दुई वटा स्वर्ण पदक जितेकी थिइन् ।यस्तै कराते प्रशिक्षक तथा रेफ्री प्रकाश चन्दले दक्षिण एसियाली खेलकुदसँगै अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता संचालन गरेका थिए ।
यस्तै खेलाडी गजेन्द्र साउद, प्रशिक्षक वीर कृष्ण शाही र चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ का अध्यक्ष उत्तम बहादुर राउतलाई पनि सम्मान गरेको छ ।