नेपालको कान्छो जिल्लाको काखमा रहेको सौर्न्दर्य “कमल ताल” (भिडियो )

everest kitchen
advertise

विपेन उलङगे

त्रिवेणी । कमल ताल रुकुम (पूर्व ) को सिस्ने गाउँपालिका स्थित रुकुमकोटमा रहेको पर्यटनको सौर्न्दर्य हो । यस तालमा कमल उम्रिने र त्यसको फुलफुल्नुको साथै उक्त कमलको विभिन्न भागलाई स्वास्थ्य उपचार जडिबुटीको रुपमा प्रयोग गरिने भएकोले पनि यो ताल झन विशेष रहेको छ ।

यो ताल पर्यटकीय रुपमा जति सुन्दर छ त्यति नै धार्मिक तथा जैविक विशेषता पनि बोकेको पाइन्छ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट देखि १० कोश पूर्वमा पर्ने एउटा रमणीय गाँऊ रुकुमकोट र कमल ताल नेपालको राजधानि काठमान्डौ देखि करिब ३५० किलोमिटर पश्चिममा पर्छ । यहाँबाट हिमाली जिल्ला डोल्पा र नेपालको एकमात्र शिकार आरक्ष “ढोरपाटन शिकार पुग्न पनि नजिक पर्छ ।

यतिबेला कोभिड १९ को प्रकोपले पनि कमल ताललाइ खासै प्रभाव पारेको छैन । यहाँ दैनिक रुपमा घुम्फिर गर्न आउने आन्तरिक पर्यटक , पिकनिक आउनेहरु खासै घटेका छैनन् । केहि समयअघि हामी रुकुम (पूर्व) को स्थलगत भ्रमणको क्रममा उक्त सुन्दर ताल कमल दहमा पुगेका थियौं । हामी त्यहाँ करिब ३० मिनेटको बसाइको क्रममा कमलको दाना बेचेर पढाइ खर्च जोहो गर्ने केहि बालबालिका देखि स्थानीय र घुम्फिर गर्न आएका पर्यटकसंग केहि प्रतिक्रिया लिएका थियौ । तसर्थ उनीहरुसंग लिएको संक्षिप्त कुराकानीको दृश्य यहाँ प्रस्तुत गरेका छौं :

भिडियो हेर्नुहोस :