देशभर गएको २४ घण्टामा १६ सय ६९ संक्रमित थपिए , १६ जनाको निधन

everest kitchen

 

काठमाडौं । नेपालमा थप एक हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। साथै पाँच हजार ६ सय ९९ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

एक लाख ९९ हजार २४ जनालाई कोरोना संक्रमण निको भइसकेको छ। त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय २१ जनाले ज्यान गुमाएका छन्।