क्याडिजमाथि रियल सोसिडाडको १-० को जित

everest kitchen

एजेन्सी । रियल सोसिडाड स्पेनिस ला लिगामा शीर्षस्थानमा उक्लिएको छ । आइतबार रातीको खेलमा क्याडिजमाथि १–० को झिनो जित निकाल्दै रियल सोसिडाड शीर्षस्थानमा ३ अंकको अग्रता लिन सफल भएको हो ।

यद्दपि रियल सोसिडाडले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले भन्दा दुई खेल बढी खेलेको छ । सोसिडाडको १० खेलबाट ७ जित, २ बराबरी र एक हारका साथ २३ अंक जोडेको छ । एट्लेटिकोको ८ खेलबाट २० अंक रहेको छ । पराजित क्याडिज १० खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । रियल सोसिडाडको जितमा एलेक्सान्डर इसाकले ६६ अौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा पनि सोसिडाडले नै पकड बनाएको थियो ।

यस्तै ला लिगाकै अर्का खेलमा डिर्पोटिभो एलाभेस र भ्यालेन्सियाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । भ्यालेन्सियाले दुई गोलको पछि परेको स्थितिमा बराबरी गर्न सफल भएको हो । एलाभेसका छिमो नाभारो र लुकास पेरेजले गोल गर्दा भ्यालेन्सियाका म्यानुयल भालेजो र ह्युगो गुइलामनले बराबरी गोल फर्काए ।