ह्यासट्याग बाइकट नेटफ्लिक्स इन्डिया’ ट्रेन्डिङमा

everest kitchen

ऐजेन्सी । मन्दिरमा ‘अश्लील व्यवहार’ गरेको दृश्य सिरिजमा समावेश गरेको भन्दै आइतबार भारतको ट्विटर ट्रेन्डिङमा ‘ह्यासट्याग बाइकट नेटफ्लिक्स इन्डिया’ ट्रेन्डिङमा परेको छ ।

‘अ सुटेबल ब्वाय’ नामक नेटफ्लिक्स सिरिजमा दुई पात्रले भारतको मध्यप्रदेशको एक मन्दिरमा चुम्बन गरेको दृश्यमा भारतीयहरुले आपत्ति जनाएका हुन्। खबर अनुसार, ‘बाइकट नेटफ्लिक्स’ भन्दै नेटफ्लिक्स बाहिस्कार गर्नुपर्छ भन्नेको संख्या बढ्दो छ। आइतबार सो ह्यासट्यागसँगै कैयौं व्यक्तिले ट्विट गरेका छन् ।

उक्त दृश्य कै कारण कुनै पनि व्यक्तिको धार्मिक भावना र आस्थामा चोट पुर्याएको छ वा छैन भन्ने अनुगमन गर्न पनि आदेश जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार “गृहमन्त्री मिश्रले ‘अ सुटेबल ब्वाय’ का निर्माताहरु विरुद्ध कानुनी कारबाही गर्ने संकेत समेत दिएका छन्।

‘अ सुटेबल ब्वाय’ भारतीय-अमेरिकी निर्देशक मीरा नायरद्वारा निर्देशित सिरिज हो।