ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३३७ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १८८४ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ५६ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा ८८३ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये ४२ हजार ४८० जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १३ हजार ८४२ जनामा सक्रिय संक्रमण रहेको छ ।
केहि समयअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । केही दिन देखि मलेसियामा ५ सय माथिको हाराहारीमा संक्रमण पुष्टि भईरहेको छ भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको तथ्यांकले देखाउछ ।
केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार १३ हजार ८४२ जनामा संक्रमण सक्रिय रहेको छ । नियन्त्रण नजिक पुगेको बिरामी सङ्ख्या बढ्न थालेपछि सरकारले प्रकोप क्षेत्रमा आवागमन नियन्त्रण आदेश जारी गरेर कन्ट्याक्ट् ट्रेसिङ तथा जाँच पड्तालको काम थालिएको र नियन्त्रण उन्मुख रहेको बताएको छ ।
त्यस्तै मलेसियाको ठूलो ग्लोब उत्पादक कम्पनी टप ग्लोप कम्पनीमा आज सबैभन्दा धेरै करिब १ हजारमा संक्रमण पुष्टि भएको बताएको छ । यस्तै मलेसियामा पछिल्लो समय संक्रमण बढेसंगै नेपाली श्रमिकमा पनि संक्रमण जोखिम रहेको छ ।