लघुकथा : घाइते श्रीमती
-इन्द्रकुमार श्रेष्ठ सरित्
तिखाॅले घाँटी सुकेको छ । पानी पिउने व्यवस्था कतै गरेको देखिएन । मनवीरलाई उठुँ कि नउठुँ भयो । नउठुँभने तिखाॅले घाँटीमा काँडाले घोचेझैँ घोंचिरहेछ, उठुँभने आफ्नो पालो आइहाल्योभने के गनुॅ ? हप्तौदेखि धाउँदा धाउँदा आज बल्ल भेट हुन्छ भनेका छन् । तिखाॅको काँडाले घाँटीमा जत्ति घोंचे पनि सहेरै ऊ आफ्नो पालो कुरेर बसिरह्यो ।
कति आएका हुन् मान्छे पनि सबै रंगका सबै रुपका ।कोही कोही त ठूलै व्याग बोकेर पनि आएका छन् तर फकिॅदाभने रित्तै फकेॅको देख्दा यो नौलो सहरको चालामाला देखेर मनवीरलाई अचम्म लाग्यो । तिखाॅ खपिनसक्नु भएपछी उसले मन्त्रीज्यूका कमॅचारीलाई सोध्यो तर पानीको कुनै व्यवस्था नभएको जवाफ निकैॅ झकेॅको स्वरमा पाएपछी उसले तिखाॅलाई बलैले भुल्ने प्रयास गर्यो ।
उसको मकाॅ बुजेझैं गरेर ऊनजिकै बसेकी सभ्रान्त देखिने एउटी महिलाले बोतलको पिंधमा पानी रहेको पानीको बोतल ऊतिर बढाइन् । मनवीरलाई त्यो आधा घुट्की पानी बाँकी रहेको बोतल लिउँ कि नलिउँ भैरह्यो तर तिखाॅको जोडबलले गदाॅ उसले त्यो बोतल लियो र आफ्नो सुकेको गला भिजायो । मान्छे आउने र जाने क्रम रोकिएको थिएन । असह्य भएपछि उसले दुईतीन पटक आफ्नो पालोको बारेमा सोध्यो । अरु आगन्तुकसँग हाँसेर बोल्ने कमॅचारीबाट उसले झकोॅफकोॅ बाहेक केही पाएन ।
अन्त्यमा मन्त्रीज्यूलाई भेट्न कुरेर बस्नेमा ऊमात्र रह्यो तैपनि उसको पालो आएन ।मन्त्रीज्यू नै बाहिर जान निस्केको बेलामा दश हात जोरेर उसले बिन्ति बिसायो- ” हैन तपाईं कायॅकताॅहरु के भा’ को हँ ? सरकारलाई सहयोग गनॅलाई देश विकासको काममा जुट्नुपनेॅमा तपाईहरु कसैलाई जागीर चाइयाछ, कसैलाई पढ्ने कोटा चाइया छ अब तपाईलाई चैं तपाईकी श्रीमतीको नि:शुल्क अप्रेशन गरिदिनु पनेॅ भो’ हैन त ? वा वा वा, हन चार दिन पाटीॅको झण्डा बोक्दैमा सप्पै कायॅकताॅको बोझ पाटीॅले बोक्न सक्छ ? पाटीॅमा लागेर जुलुसको नेतृत्व गदाॅ प्रहरीको लाठीचाजॅमा तपाईकी श्रीमतीको ढाडै भाँचियो हैन त ? ए बाबा त्यस्तो योगदान गनेॅ त यो ठूऽऽऽऽऽलो पाटीॅमा कति छन् कति । जाबो एउटा जुलुसको नेतृत्व गरेको भरमा जुलुसमा अलिकति चलख्याँइ गनॅ नजान्दा तपाईकी श्रमतीको त्यो अवस्था भो त म के गरौ ? लु तपाई अहिले जानुस् पाटीॅले अहिले केही गनॅ सक्दैन बरु कसरी हुन्छ सरकारमा भएको पाटीॅलाई सघाउनुस् ।”
मन्त्रीले धाराप्रवाह भट्याएर मनवीरको कुरै नसुनी प्राडो चढेर हुँकिए । त्यहीबेला गेट बन्दगदैॅ गरेको पाले दाईले खैनीको थुक बाटै भिजाउनेगरी प्याच्च आवाज आउनेगरी थुक्यो । देश र जनताको हितगनेॅ पाटीॅ भनेको त आमा हो बाबु हो भनेर दूधेनानीलाई घरमा छाडेर जुलुसमा जाने घाइते श्रीमतीको बिरामी अनुहार सम्झिँदै पालेदाईलाई नमस्कार गरेर मनवीरले आफ्ना एकजोर गोडालाई बलैले अस्पतालतिर घिसानॅ थाल्यो ।
– तरहरा(सुन्सरी)
हाल:- काठमाडौ