भारतसँग जोडिएको सिमानानाकाहरु तत्काल खुला गर्न जसपाको माग

everest kitchen

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालले बन्द भारतसँग जोडिएको सिमानानाकाहरु तत्काल खुला गर्न सरकारसँग माग गरेको छ।

जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादबले संयुक्तरुपमा विज्ञप्ति जारि गर्दै लामो समयसम्म सिमा नाका बन्द गरिनाले मुलुकको अर्थतन्त्र धरासयी हुनका साथै तराई मधेषका जनताको जीवन अत्यन्त कष्टकर हुदै गएकोले भारतसँग जोडिीको सिमानाकाहरु तत्काल खुला गरेर व्यवस्थित गर्न सरकारसँग आग्रह गरेका छन् ।

‘लामो समयदेखि सिमा नाका बन्द गरिएका कारण मुलुकको अर्थतन्त्र धरासयी हुनका साथै तराई मधेषका जनताको जीवन अत्यन्त कष्टकर हुन गएको छ ।जनताको कृषि,स्वास्थ्य,उपचार,राजगार,आर्थिक,सामाजिक आदि क्षैत्रमा गम्भिर समस्याहरु देखा परिरहेका छन् ।तसर्थ जनताको जीवनलाई थप कष्टकर हुन नदिन सरकारले भारतसँग जोडिएका सिमानाकालाई तत्काल खुला गरि व्यवस्थित एवम् सहज गर्नुपर्दछ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।