स्थानीय पर्यटकको आकर्षणको केन्द्र “मुसी” (भिडियो सहित )

everest kitchen
advertise

रुकुम । विश्वभरी फैलिएको कोरोना महामारीले नेपालको सिंगो पर्यटन क्षेत्र मारमा परेको छ । पर्यटन क्षेत्रमा देखिएको प्रत्यक्ष असरले नेपालको एक प्रमुख आय स्रोतमा प्रत्येक्ष असर पारेको छ । तर कतिपय स्थानमा भने कोभिडले खासै प्रभाव पारेको देखिन्न ।

यस्तैमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका मुसीकोटडाँडामा रहेको मुसीकोट दरबार संग्राहलयलाइ भने खासै प्रभाव परेको छैन । उक्त संग्रहालय रुकुम पश्चिमको सदरमुकाम खलंगा अर्थात मुसिकोट नगरपालिका भित्र रहेको छ।

मुसीकोट दरबार संग्रहालय र त्यसभित्र निर्माण गरिएका संरचना अवलोकन गर्नेहरुको कमी देखिन्न । कहिलेकाही कोभिड नियन्त्रणका लागि गरिने एरिया सिल बाहेक यहाँ दैनिक भ्रमण चहलपहल रहन्छ । उक्त संग्राहलयमा मुसीको अर्धकदको प्रतिमा, बँदेल गुफा, मन्दिर, सरस्वतीको पूर्णकदको प्रतिमा, भ्यु टावर, बगैंचा लगायतका संरचना निर्माण गरिएको छ ।

किम्वदन्ती अनुसार बाइसे/चौबीसे राज्य सञ्चालनको क्रममा मुसीकोटमा दरबार बनाइएको थियो । यसै क्षेत्रका एक राजाकी मुसी नाम गरेकी नोकर्नीले उक्त स्थान पत्ता लगाएकाले दरबार र डाँडाको नाम मुसीकोट राखिएको बताइन्छ । दृश्यमा मुसीकोट!: