महोत्तरी घटनालाई लियर गौशालामा बिरोध प्रदर्शन

everest kitchen

काठमाडौँ । महोत्तरीको बर्दिबासमा भएको घटनाको विरोधमा गौसाला बजार बन्द भएको छ । महोत्तरीको बर्दिबासमा ६ वर्षिया बालिको हत्या गरिएको बालिका र उक्त घटनाको विषयलाई लिएर भएको प्रदर्शनरमा ज्यान गुमाएका संजय न्यौपानेको परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग माग गर्दै गौशाला उद्योग वाणिज्य संघले बिहानैदेखि बजार बन्द गरेको हो ।

गौशाला उद्योग वाणिज्य संघका उपाध्यक्ष देवचन्द्र महतोका अनुसार बेलुका ५ बजे गौशाला बजारमा श्रद्धाञ्जलीसभाको आयोजना समेत गरिएको छ ।
गएको सोमबार बालिका मृत भेटिएकी विषयमा भएको विरोध प्रदर्शनमा बर्दिवासका संजय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागेर घाईते भएका थिए । उनलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो भने न्यौपानेको उपचारकैक्रममा मृत्यु भएको थियो ।

यता गृहमन्त्रालयले भने हिजो एक विज्ञप्ति जारी गर्दै सो घटनाको दोषीलाई नियन्त्रणमा लिएर कानुनी कावार्ही अगाडी बढाई सकिएको र त्यस घटनाको बारेमा सत्यतथ्य छानबिन गर्न मन्त्रालयले छानविन समिति समेत गठन गरि सकेको बताएको छ ।