नेकपा सचिवालय बैठक जारी: लिखित जवाफ प्रस्तुतिमा

everest kitchen

 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गरिरहेका छन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गरिरहेका छन । प्रचण्डले २८ कात्तिकमा सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनको जवाफ ओलीले दिँदैछन् । नेकपाभित्र बढ्दो आन्तरिक विवादकाबीच प्रचण्डले पेश गरेको प्रतिवेदनलाई ओलीले ‘आरोपपत्र’ को रुपमा टिप्पणी गरेका छन् ।

३ मंसिरमा सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने समेत बताएका थिए ।

१० दिनपछि आज बस्ने बैठकमा अध्यक्ष ओलीले दिने जवाफ के हुुन्छ भनेर धेरैको चासो रहेको छ । अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनुपर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गरेका थिए । पार्टीका अधिकांश स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य पार्टीको अन्तरिम विधान, एकता र सहमतिका पक्षमा रहेका छन् ।