अस्थायी प्रहरी चौकी तालतलैया

everest kitchen

सुनसरी । अस्थायी प्रहरी चौकी तालतलैया सुनसरीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ ।
कार्यालयको हाताभित्र एक विशेष समारोहकाबिच नव निर्मित अस्थायी प्रहरी चौकीको कार्यालय भवनको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले विधिवत रुपमा समुद्घाटन गरेका हुन ।

अढाई तले सुबिधा सम्पन्न उक्त भवन संसद विकास कोष, स्थानीय सरकार, सरस्वती सामुदायिक वन, तालतलैया विकास कोष र स्थानीय जन सहयोग गरी जम्मा ७० लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा पुर्व सांसद सर्वध्वज साँवा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर वाबु कार्की, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, ईटहरी उपमहानगरपालिका प्रमुख तथा सुनसरीका प्रहरी प्रमुख लगाएत स्थानीयवासीहरुको उपस्थित रहेको थियो ।