देशभर १ हजार ३ सय ८० संक्रमित थपिदा ५ सय १५ जना निको भए

everest kitchen

 

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ३८०जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ८३ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम आईसोलेसनमा बस्न सम्भब नभएका बिरामीहरु भने अस्पताल तथा सरकारले निर्माण गरेको आईसोलेसनमा उपचार गराई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

यस्तै नेपालमा गएको २४ घण्टमा ५१५ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २ लाख ११ हजार १८६ जना पुगेका छन । नेपालमा हालसम्मकाे तथ्यांकअनुसार पछिल्लो अवस्थामा संक्रमितको सङ्ख्या सङ्ख्या पनि तुलनात्मक रुपमा बढिरहेको छ ।

हालसम्म नेपालमा १ हजार ४५४ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा १९ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।