डीभी कुसारी
राजनीतिक अस्थिरतानै नेपाल उभो नहुने मुख्य कारण बनेको थियो। राजनीतिक अस्थिरता यति लामो चल्योकी जो धेरै पुस्ताहरु सुख खुसी सुबिधा बिकास केहो थाहै नपाएर मरेर गए। अस्थिर राजनीतिलाई सदाका लागी बिदाइ गरेर स्थिर राजनीतिक सत्ता कायम गरि देशलाई उभो बनाउनको लागि थुप्रै लडाइँहरु र आन्दोलनहरु भए अनि हजारौं मरे घाइतेअपांग भए। रत पटक पटकका प्रयास लडाइँ र आन्दोलनहरुले देश नयाँ संविधान सहित लोकतान्त्रिक शासनमा प्रवेश गर्न सफल भयो।
प्रकृतिले हराबरा नेपाल अब भौतिक बिकासले पनि सजावट हुँदै जानेछ भनेर सारा बिश्वले हेरिरहेको छन्।
लामो राजनीतिक अस्थिरता बिदाइ संगै नयाँ जनब्यबस्थाको स्थिर सरकारबाट जनताका अपेक्षा अनि चाहानाहरु:
-देशको अर्थतन्त्र सुधारको चाहना
-आम जनताको जीवनशैली सुधारको चाहना,
–विकासको गतिमा तीव्रताको चाहना – बेरोजगार समस्या समाधान गर्न देशभित्र उद्योगहरु स्थापना गरि सबैले देशमै रोजगार पाउने चाहाना,
-गुणस्तरीय निशुल्क स्वास्थ्य सेवा र बैज्ञानिक गुणस्तरीय ब्यबहारिक शिक्षाको चाहाना
– देशलाई सधैं थला पारिरहेको भ्रष्टाचारको अन्त्य गरि सुशासनको चाहाना, हो जनताका यस्ता सयौं अपेक्षा र चाहाहरु थिए।
यी सब जनताका सवाल र अपेक्षाहरुहरु अबको ब्यबस्था र यो ब्यबस्थाका शासकहरुले कर्तव्यबोधका साथ पूरा गर्ने संकल्प गरेका कस्लाई थाहा छैन र। स्वतन्त्रता ! स्वतन्त्रता !! स्वतन्त्रता !! कर कर कर र कर! ५ हजार % बढी कर के को लागि तिरिन्छ ? स्वतन्त्रता, यिनै अपेक्षा र चाहाना पूरा गर्नको लागि हो होइन र?
भारत र हामी नेपाली स्वतन्त्र देश हों/छौं पनि, त्यसैले स्वतन्त्रताको मुल्य कति र कहिलेसम्म गुमाउने?
तेइ बोर्डर यता पट्टी साढे दुईसय % लाग्ने कर उता बट्टी नलाग्ने छ अर्थात उता बट्टी रु 25 लाख पर्ने गाडी यता पट्टि ८० लाख पर्छ। र यता बत्ती बाइक चड्न सक्ने मान्छे उता पट्टि गाडि चड्न सक्छ। यस्ता सयौं बस्तुहरुमा यस्तै महँगो कर तिरेर हामी नेपालीले जीवनशैली धानेका छौं। किनकि हानिले बुझेका छौँकि हाम्रा चाहाना र अपेक्षा पूरा गर्न यति धेरै कर तिर्नु पर्छ भनेर। यो कर हामीले स्वतन्त्रताको लागि, यिनै चाहाना र अपेक्षा पूरा गर्नको लागी हो नि तिरेको होईन र? हो यसैका लागि हो।
यो कर कति वर्षसम्मको लागि तिर्ने पाँच वर्षलाई? दस बर्षलाई? या २० वर्षलाई? आखिर कहिलेसम्म तिर्ने यति महँगो कर? हाम्रा चाहाना र अपेक्षा पूरा कहिले हुने हो? हो कर तिर्नु ठिक छ तर (उता पट्टि भारत भन्दा राम्रो हुनलाइ होनि हामीले यो महँगो कर तिरेको होईन र? अनि राम्रो पनि हुनु पर्ने होइनर? हाम्रोमा स्वतन्त्रता छ होइनर? हाम्रा माथी उल्लेख भएका चाहाना र अपेक्षाहरु पूरा हुँदैछन् हैनर? के होत? एकपटक ठण्डा दिमागले सोचौंत, के हाम्रा अपेक्षाहरु पूरा भैरहेका छन्त? के हामिले तिर्ने महँगो करको परिणाम सहि आइरहेको छत?
अंह! नत अपेक्षा र चाहानाहरु पूरा भैरहेका छन्, नत यति महँगो तिरेको करको थोरै भएनी सार देखिएको छ।
झन् भ्रष्टाचार ! , झन् बेरोजगार, झन् विनाश , झन् ह त्या हिं सा बलात् कार , झन् निराशा! झन् बर्बादी! आखिए यहि भइरहेको छ, यहि पाइरहेका छौं हामिले होइनत?यहि होत नयाँ ब्यबस्था बाट हामिले चाहेको? यहि होत हुनुपर्ने?
अन्ततः हामीले आम जनताबाट उठाइएको (तिरेको) करले नेता पाल्ने अनि जनप्रतिनिधिहरुलाई सुविधासम्पन्न बनाउनको लागि छर्लङ्ग देखिन्छ । हुँदा हुँदा देश वर्ष वर्षमा यिनै नेता र जनप्रतिनिधिबाटनै भ्रष्टाचारको शिखर चुम्यो। भर्खर आएको एकप्रतिबेदनले नेपाल एसियाकै भ्रष्ट मुलुकमा गनियो त्यो पनि देशका कार्यकारी प्रधानमन्त्रीको संरक्षणमा रे। के हामिले चाहेको यहि होत? आज बिश्वले के भनेको होला हामीलाई?
यसरी भ्रष्टाचार मौलाउनुले हाम्रो देश कता जादैछ? एउटै पार्टीको बहुमतीय सरकारको नतिजा यहि होत? बहुमत सरकार छिटो बिकास गर्न कि झन् बिनाश गर्न? यहाँत परिणाम विनाश भएको आयोत? किन यस्तो भैरहेको छ? यस्तो हुनुको कारण के? जनताका अपेक्षा हुन नदिन को बाधक बनिरहेको छ? कहाँ कस्ले गतिमा अगाडि बड्न दिएको छैन? आखिर यो विनाशको कारक को हो?
अब नसोच्ने, नखोज्ने? नत्र कस्तो होला हाम्रो भबिस्य?