एट्लेटिको म्याड्रिडे भ्यालेन्सियामाथि १–० ले विजयी

everest kitchen

एजेन्सी । एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायमै राख्दा भ्यालेन्सियामाथि १–० को झिनो जित निकालेको छ । आत्मघाती गोल सहयोगले एट्लेटिकोले भ्यालेन्सियालाई हराएको हो ।

निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा टोनी लाटोले गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । यो जितले एट्लेटिकोले ९ खेलबाट २३ अंक जोड्दै शीर्षस्थानमा रहेको रियल सोसिडाडसँग अंक बराबरी गरेको छ । तर, गोल अन्तरमा एट्लेटिको दोस्रो स्थानमा रहेको छ । सोसिडाडले एक खेल बढी खेलेको छ । भ्यालेन्सिया १२ अंक जोडेर ११औं स्थानमा छ ।

भ्यालेन्सियामा शनिबार राति भएको खेलमा पाहुना टोली एट्लेटिकोले बल पोजेसनमा पकड बनाएपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । नवौं मिनेटमा भ्यालेन्सियाका गोन्कालो गुइडेजको प्रहारलाई एट्लेटिकोका गोलरक्षक जान ओब्लाकले सहजै नियन्त्रणमा लिए ।

२३औं मिनेटमा कार्लोस सोलेरको प्रहारमा ओब्लाक नै बाधक बने । ३२औं मिनेटमा गोन्कालो गुइडेजको अर्को प्रहारलाई ओब्लाकले नै विफल पारे । ३८औं मिनेटमा थोमस लेमारको क्रसलाई भ्यालेन्सियाका गोलरक्षक जोउमेले डाइभ दिदै खतरा टारे ।

७९औं मिनेटमा यान्निक कारास्कोको क्रसलाई बचाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा आत्मघाती गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो ।

प्रशिक्षक डिएगो सिमोनीले दोस्रो हाफमा जोआो फेलिक्सलाई दोस्रो हााफमा मैदानमा उतारेको थियो । चोटका कारण डिएगो कोस्टा र लुइस सुआरेज टोली बाहिर रहेका थिए । त्यसको अभाव खेलमा देखिएको थियो ।