गणतन्त्रको भात पाक्न ढिलो भयो भन्दैमा राजतन्त्रको गोबर नखाऊ : डा.भट्टराई

everest kitchen

 

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भन्दैमा राजतन्त्रको गोबर नखान आग्रह गर्नु भएको छ ।

डा.भट्टराईले केहि दिन यता केहि स्थानहरुमा राजतन्त्रको पक्षमा भईरहेको प्रदर्शनलाई इगिंत गर्नु हुदै अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाकी गिलास भर्न नसकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली गर्ने काम गर्न नहुने बताउनु हुदै यूवाहरुलाई राजतन्त्रको गोबर नखान आग्रह गर्नु भएको हो ।

‘यूवासँग आग्रह गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाउँ !अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकी गिलास भरौँ;नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस!, उहाँले लेख्नु भएको छ ;‘अगाडिको स्यालसँग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाँसो नबिर्सौं!दुबैसँग लडेर अघिजाने साहस गरौँ ।’ नयाँअ