प्रधानमन्त्री ओली पनि टिकटकमा

everest kitchen

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ। प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र ट्विटरमा हुनुहुन्छ’, ती सदस्यले भने ‘उहाँका धारणाहरू लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पुर्‍याउन खोजेका हौं।’

प्रधानमन्त्रीको पहिलो भिडिओमा दुई लाख भ्युज कटेको छ । नयाँ पुस्तामाझ टिकटक चर्चित छ। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले छलफल गरेर नै सञ्चालनमा ल्याइएको बताए।