केकी अधिकारी बनिन् दुलही

everest kitchen

काठमाडौं । नायिका केकी अधिकारी अहिले पाल्पामा चलचित्र ‘परदेशी २’को छायांकन गरिरहेकी छिन् । नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको चलचित्रमा नायिका केकी अधिकारी दुलहीको भेषमा देखिएकी छिन् ।

चलचित्रमा उनको जोडीको रुपमा प्रकाश सपुतले काम गरिरहेका छन् । साथमा, चलचित्रमा दिलिप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको छायांकन लकडाउनका कारण रोकिएको थियो । निर्माणपक्षले लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको जनाएको छ । बाँकी दृश्यको छायांकनको काम धमाधम भैरहेको बताइएको छ ।