सपना रोका मगरलाई अमेरिकाबाट चन्द्र घर्तीको ५० हजार आर्थिक सहयोग

everest kitchen

काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगरलाई थप हौसला प्रदान गर्नको लागि भन्दै रुकुम (पश्चिम ) को मुसीकोट नगरपालिका -११ भलाक्चा निवासी चन्द्र घर्ती मगरले आर्थिक सहयोग गरेका छन् । घर्तीले रोकालाई ५० हजार रुपैयाँ नगद सहयोग गरेका हुन ।

हाल अमेरिकामा बस्दै आएका घर्तीले यति सानै उमेरमा सपनाले देखाएको हिमत र प्रभावशालीताको कदर गर्दै थप राम्रो कार्यको लागि हौसला र सहयोग पुगोस् भनेर सहयोग गर्न लागेको यसअघिनै फेसबुक मार्फत घोषणा गरेका थिए । सोही अनुरुप सहयोगी घर्तीले पठाएको सहयोग रकम गायक किरण बाबु पुन र हास्यकलाकार खडग बहादुर पुन  “खबबु”ले हस्तान्तरण गरेका हुन ।

सपना ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । उनी सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि परेकी हुन । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।