बैतडीको सातै स्थानीय तहमा अस्पतालको शिलान्यास

everest kitchen

बैतडी । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले बैतडीका सातवटा स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिएका छन् । जिल्लाका दुई स्थानीय तहमा १५ श्यया र पाँच स्थानीय तहमा १० श्यया गरी सातवटा स्थानीय तहमा अस्पताल शिलान्यास गरिएका हुन् ।

स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकाको न्वाउदेउमा १५ श्ययाको अस्पतालको शिलान्यास गरिएको हो । यस्तै सुर्नयाको रौलेश्वरमा, डिलाशैनी गाउँपालिकमा, शिवनाथ गाउँपालिकाको सुल्लेखानमा, पञ्चेश्वर गाउँपालिकाको कुलाउमा र दोगडाकेदार गाउँपालिकाको सित्तडमा १०÷१० श्ययाको अस्पताल शिलान्यास गरिएको हो ।

जिल्लाको सुर्नया गाउँपालिकामा निर्माण हुने अस्पतालको सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट र गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले संयुक्तरुपमा शिलान्यास गरेका हुन ।