देशभर थप १ हजार ३ सय ४ जनामा कोरोना पुष्टि, २१ को निधन

everest kitchen

काठमाडौं । थप १ हजार ३०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।

त्यस्तै यस अवधिमा २ हजार ७३ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म २ लाख १६ हजार ५९४ जना निको भएका छन्। थप २१ जना मृतकमा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ। हालसम्म १७ लाख ४६ हजार ३३० जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।