राजेश पायल राई र कल्पना राईको आवाजमा ”सम्झना भो गाउँ घरको”

everest kitchen

काठमाडौं । जानूका राईको रचना, गंगाराज राईको संगीत तथा गायक राजेश पायल राई र गायिका कल्पना राईको आवाजमा रहेको गीत ‘सम्झना भो गाउँ घरको…’ को भिडियो सार्वजनिक भएको छ ।

रचनाकार जानूका राईले गीतमा आफु जन्मिएको मातृभुमी गाउँको वर्णन समेत गरेकी छिन् । जिल्लाको विभिन्न पर्यटकिय स्थानलाई पर्यटन प्रर्वद्धन गर्ने अभिप्राय साथै मौलिक लोक संस्कार र सस्कृतिलाई जर्गेना गर्ने हेतुले गीत लेखेको राईले बताएकी छन् ।

साथै गीतमा नोर्बु शेर्पाको एरेन्ज रहेको छ भने गीतको म्यूजिक भिडियोमा मुकेश हुमागाईँको छायाँकन, मान बहादुर थापाको सम्पादन तथा जस बहादुर याएक्खाको निर्देशन रहेको छ ।

भिडियोमा कलाकार जस बहादुर याक्खा जसु , समिक्षा याक्खा , कल्पना राई , सुरेन्द्र प्रकाश सुहाङ , पवित्रा राई लिम्बु , संजिव राई , पवन राई , हरिचन्द्र राई , यलम्बर राई , निला राई , सम्पुर्ण राई , विपना परियार , कृतिका राई साथै रुपमिला राईको अभिय रहेको छ भने बाल कलाकारको भुमीकामा एडरिना याक्खा , जष्टिन याक्खा साथै लुङमा लिम्वुको जिवन्त अभिनय रहेको छ ।