शंकरदेव आचार्यको नेतृत्वमा मलेसियामा साझा पार्टीको प्रवास संगठन बिस्तार

everest kitchen

मलेसिया । बैकल्पिक राजनीतिक शक्ति को रुपमा हेरिएको साझा पार्टी अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संगठन बिस्तार हुने क्रम बढ्दो छ । यसै क्रममा मलेसियामा पनि शंकर देव आर्चायको सयोजकत्वमा १९ सदस्यीय साझा सद्भाव समूह बिस्तार गरेको छ।

व्यापक छलफल र बहस पछि साझा समूह बिस्तार गरेको सयोजक आर्चायले बताए । संयोजक आर्चायका अनुसार भर्चुअल मतदान बाट ५० जना साधारण सदस्य बाट १९ जना निर्वाचित भएको हो । यस्तै सह-संयोजकमा नरेश कुमार नेपाली निर्वाचित भएको उनले बताए ।

नेपालको दुषित राजनिति सुन्दर गरेर समृद्धितिर अगाडि बढ्नका लागि पद्धति,पारदर्शिता, इमान्दारिता र उत्कृष्टताको चार खम्बा अत्यन्तै अहिलेको आवश्यक्ता रहेकोले यसले अबको राजनितिक निकास र आर्थिक विकासमा ठूलो परिवर्तन ल्याउने दृढविश्वासका साथ हामीले साथै समर्थन गरेको आचार्यले बताए।

साझा सद्भाव समूह मलेसियाकाे सदस्यहरुमा बिस्नु प्रसाद बेल्बासे,बिरेन्द्र बहादुर धानुक,थिर बहादुर कटुवाल,नरेश शाही, हिमाल बसेल ,थ्रीमान घर्तिमगर,कृष्ण बहादुर बुढाथोकी,दिपेन्द्र सिं भाट ,पदम बहादुर थापा,धन बहादुर श्रेष्ठ,कृष्णजि खड्का,अभिराज के सि ,संजय सुर्यबंश,आयुश लामा ,खिम प्रसाद पौडेल,धिरेन्द्र कुमार मेहता, सुशील श्रेष्ठ रहेका छन।साझा सद्भाव समूहको यो २३ औ राष्ट्रिय समूह हो ।