नेकपा सचिवालय बैठक स्थगित

everest kitchen

 

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेपकपाको आज बुधबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी नभएपछि बैठक केही समय चलेर स्थगित भएको हो ।

अध्यक्षद्धय ओली र प्रचण्डको राजनैतिक प्रस्तावमाथि औपचारिकरुपमा पार्टीभित्र छलफल गर्नको लागि हिजोबाट सचिवालय बैठक सुरु भएको भएता पनि अध्यक्ष ओली कार्यकारणी अध्यक्ष प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नलिएसम्म बैठक बस्नुको औचित्य नभएको भन्नुहुदै ओली बैठकमा सहभागी नहुने जानकारी दिए ।

आज स्थगित भएको सचिवालय बैठक फेरी आउदो २० गते बस्नेछ ।