पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो : पौडेल

everest kitchen

 

काठमाडौँ । हिजो तनहुँ प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेशका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलिसको डण्डाबाट करङ पेलिएको बताउनु हुदै दिउसो भन्दा साझ दुखेको बताएका छन् ।

‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ ।, उहाँले ट्वीटरमा लेख्नु भएको छ , ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ पौडेलले भने । ।’

नेता पौडेल तनहुँको व्यास नगरपालिकामा पुल उद्धाटन कार्यक्रममा जानेक्रममा निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । पौडेल हिजै रिहा भईसकेका छन ।