पाल्पा ट्राफिक प्रहरीद्धारा दुर्घटना न्यूनिकरण सम्बन्धी अन्तरक्रिया

everest kitchen

 

पाल्पा । पाल्पामा दुर्घटना न्यूनिकरण गर्न सवारी चालकसँग भेटघाट कार्यक्रम सुरु भएको छ । बढ्दो सवारी दुर्घटना न्यूनिकरणलाई कम गरी ट्राफिक सचेतनालाई अभिवृद्धि गर्न सवारी चालकहरुसँग भेटघाट गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको आयोजनामा तानसेनको बसपार्कमा एक कार्यक्रमको आयोजना गरि सवारी चालकलाई सचेतना मुलक जानकारीहरु दिर्ईएको थियो ।

सवारी साधन गुडाउने क्रम होस या यात्रुलाई गन्तब्यमा पु्याउने क्रममा सुरक्षिता यात्रा कसरी गर्न सकिन्छ भन्ने उद्धेश्यले चालकसँग भेटघाट कार्याक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख उपेन्द्र बुढाथोकिले जानकारी दिए । दुर्घटना जानेर नजानेर दुबै अवस्थामा हुन सक्ने भएकोले दुर्घटना हुन नदिन चालक स्वांयम जिम्मेवार हुन अवश्यक रहेको उनलेे बताए ।