मलेसियामा शरिर बन्धक बनाएको आरोपमा पक्राउ परेका डेबिट श्रेष्ठ कारागार चलान

everest kitchen

 

काठमाडौं । मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई कारागार चलान भएका छन्।

मलेसियामा नेपालीलाई अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा उनलाई गत असोज १३ गते पक्राउ परेका श्रेष्ठलाई अपहरण तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंले सोमबार पुर्पक्षका लागि डिल्लीबजार कारागार चलानको आदेश दिएको हो।

श्रेष्ठले मलेसियामा रहदा रेष्टुरेन्टमा काम गर्ने दाङका मोहम्मद रैदासलाई छ दिन अपहरण गरी शरीर बन्धक बनाएको साथै रैदासकी श्रीमतीलाई ६० हजार रिंगेट रुपैयाँ फिरौती मागेको आरोपमा उल्लेख छ ।

दुर्गालाइ मलेसियामा डेबिट श्रेष्ठको रुपमा चिन्ने गरिन्छ । उनले मलेसिया स्थित बहुराष्ट्रिय कम्पनी टप ग्लोब कम्पनीमा क्यान्टिन चलाउनुका साथै मलेसियाको पर्यटकीय स्थल बुकित बिन्ताङमा क्याफे काठमाडौं नामक रेष्टुरेन्ट र केलाङ राज्यका विभिन्न स्थानमा विभिन्न नेपाली रेष्टुरेन्ट पनि चलाउदै आएका छन् ।