मलेसियामा बिरामि संख्या ७० हजार नाघ्याे, निकाे हुने ५९ हजार नाघे

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण १ जनाकाे पनि निधन भएकाे छैन भने जम्मा निधन हुने ३७६ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ११४१ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।

मलेसियामा हालसम्म ७० हजार २३६जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा ११४४ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये ५९ हजार ६१ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १० हजार ७९९ जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । केही दिन देखि मलेसियामा ५ सय माथिको हाराहारीमा संक्रमण पुष्टि भईरहेको छ भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको तथ्यांकले देखाउछ ।

केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार १० हजार ७९९ जनामा संक्रमण सक्रिय रहेको छ ।