टपग्लोभ कम्पनीले कोरोना उपचार गर्दा काम नगरेको समयको तलब नकाट्ने

everest kitchen

मलेसियाको टपग्लोब कम्पनीले आफ्ना कामदारहरु कोरोना संक्रमित भई अस्पताल भर्ना हुदा वा क्वारेन्टाइनमा बसेको वा उपचार गर्दा काम नगरेको समयको तलब नकाट्ने भएको छ ।
बिभिन्न प्रयोजनको निमित्त हातमा लगाउने ग्लोभ बनाउने संसारकै ठूलो मध्येको एक टपग्लोभ कम्पनीले आफ्नो कम्पनीमा कार्यरत विदेशि कामदारहरु अत्याधिक मात्रामा कोरोना संक्रमित भएपछि संक्रमित कामदारहरुको उपचारको समयमा काम नगरेको समयको तलब नकाट्ने जनाएको छ ।
टपग्लोभले तलब मात्र नभएर अस्पतालको खर्च, खाना खर्च साथै यातायात खर्च पनि कम्पनीले बेहोर्ने एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
नेपाली श्रमिकहरुलाई बुझ्न सजिलो होस भनेर नेपाली भाषा मै जारी गरिएको विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यममा कामदारहरुलाई भ्रमित बनाउने समाचार छापिएको बारे स्पष्ट पार्दै कम्पनी सधैं कामदारहरुप्रति संवेदनशिल रहेको बताएको छ ।