नेकपा सचिवालय बैठकअघि दुई अध्यक्षबीच भेटघाटको तयारी

everest kitchen

काठमाडौं । नेकपा सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल भेट्ने तयारी गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न १ बजे बस्न लागेको सचिवालय बैठकअघि ओली र प्रचण्ड छलफल गर्न लागेका हुन्। ‘सचिवालय बैठक बस्नुअघि उहाहरु छलफल गर्नुहन्छ होला। त्यसको लागि वातावरण तयार भइसकेको छ,’ स्रोतले भन्यो, ‘दुई अध्यक्ष बसेपछि सचिवालय बैठक सुरू हुनसक्छ।’

पार्टीको विवाद बढ्ने भन्दा पनि समझदारीतर्फ जानसक्ने स्रोतले दाबी गर्‍यो। दुई अध्यक्षबीच कात्तिक २५ यता ‘वान टु वान’ छलफल भएको छैन । दुई अध्यक्षलाई भेटघाटको वातावरण बनाउनका लागि दुवै पक्षका दोस्रो तहका नेताहरू सक्रिय भएका छन्। शनिबार बिहान स्थायी कमिटी सदस्य एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली निवास खुमलटार पुगेका थिए।