थप १ हजार २४ जनामा कोभिड संक्रमण

everest kitchen

 

काठमाडौं । नेपालमा थप १ हजार २४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।शनिबार स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा २२०६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५७७ पुगेको छ।