मलेसियामा आज १ हजार १२३ संक्रमित थपिदा ४ जनाको निधन

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३८० रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ११२३ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।

मलेसियामा हालसम्म ७१ हजार ३५९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा ११४३ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये ५० हजार २०४ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १० हजार ७७५ जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । केही दिन देखि मलेसियामा ५ सय माथिको हाराहारीमा संक्रमण पुष्टि भईरहेको छ भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको तथ्यांकले देखाउछ ।
यस्तै मलेसियामा हाल १३० जनामा कोरोनाका गम्भीर बिरामी रहेका छन् ।