विवाद छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई

everest kitchen

 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । शनिबार बसेको सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको छ ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवादको पूर्वनिर्धारित कार्यतालिकाअनुसार आइतबारको स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने निर्णय भएको बताए । निर्णयअनुसार आइतबारको स्थायी समितिमा दुबै प्रस्ताव पेश हुनेछ ।

‘पूर्वनिर्धारित स्थायी कमिटी भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ । पार्टीको संकट र निवारणका सन्दर्भमा छलफल गरेर निष्कर्ष निकालिने छ’, प्रवक्ता श्रेष्ठले भने, ‘दुबै प्रस्ताव पेश गरी छलफलमा लैजाने लगिने छ ।’