थप १ हजार ९६ जनामा कोरोना पुष्टि, १७ सय ५२ जना डिस्चार्ज

everest kitchen

 

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९६ कोरोनाभाइरस संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछील्लो २४ घण्टामा १७ सय ५२ जना डिस्चार्ज भएका छन् भने १७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा २ लाख २५ हजार ८०५ जना डिस्चार्ज भएका छन् भने कोरोनाले मृत्यु हुनेको संख्या १५ सय ९४ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या भने १३ हजार ५८२ रहेको छ । अहिले ५३६ जना क्वारेन्टिनमा रहेको छ। सरकारले अहिलेसम्म १७ लाख ८४ हजार ५१९ जनाको पीसीआर परीक्षण गराएको छ।