“डान्स मास्टर लिल चाम्स” सुरु हुने, जजमा सुशान्त र तेरिया पनि

everest kitchen

काठमाडौं । नेपालमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ सुरु हुने भएको छ। आइतबार एक कार्यक्रमको आयोजना गर्दै रियालिटी शोको औपचारिक घोषणा गरिएको हो ।

विशाल भण्डारीको निर्देशनमा हुने शो ‘थ्रि प्रोडक्सन’ले ‘नेपा प्रोडक्सन’सँगको सहकार्यमा निर्माण गर्न लागेको हो। सफल रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशकसमेत रहेका भण्डारीले राम्रो नृत्य गर्न सक्ने नेपालका बालबालिकालाई यही अवसर दिने सोचले यस शो सुरु गर्न लागिएको बताए। ‘राम्रो नृत्य गर्ने बालबालिकाले प्ल्याटफर्मको लागि विभिन्न देश पुग्नु पर्ने हुन्थ्यो । तर, अब नेपालकै प्ल्याटफर्मबाट अर्को प्रतिभावान तेरिया मगर जन्मिनेछन् भन्ने कुरामा हामी आशावादी छौँ,’ उनले भने।

यस शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंहलगायत निर्माताको रूपमा रहेका छन् ।

१३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेने छिन् । जजको रूपमा भने ‘डान्स इन्डिया डान्स-लिल चाम्स’ की विजेता तेरिया फौजा मगर, डान्स प्लस सिजन-२ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहने छन्।