पाँचथरमा ३ बर्षीय बालक करिब तीन साता अघि हराईरहेका बालक मृत फेला

everest kitchen

 

काठमाडौँ । पाँचथरको हिलिहाङ गाउँपालिका ६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा सोही गाउँपालिकाको कार्तिके भिरको ओढारमा मृत फेला परेका छन् । गत कार्तिक देखि हराईरहेका बालक मृत फेला परेका हुन ।

आफ्नै घर वरीपरी खेल्ने क्रममा यही कार्तिक ३० गते देखि अचानक हराईरहेका बालकको खोजतलास भईरहेकोमा आईतवार बिहान करिब १२ बजे उक्त ओढारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।