मलाई बचाउनुहोस् : रुकुम (पश्चिम)बाट बिर बहादुरको अनुनय (भिडियो )

everest kitchen
advertise

पीडित बीर बहादुर कामी स्थानीय त्रिवेणी अस्पतालमा

विपेन उलङगे

रुकुम (पश्चिम ) । सधैंजसो अरुको घरमा मेलापात, मजदुरी गरेर द‌ैनिक खानपिनको जोहो गर्ने भण्डारी भनेर चिनिने बिर बहादुर कामी यतिबेला दैनिक छाक जुटाउन नसक्ने भएका छन् । केहि महिना अघिदेखि एक्कासि बिरामी परेर थला परेका उनी आजभोलि बोल्न र राम्रोसँग हिडडुल गर्न समेत नसक्ने भएका छन् ।

सल्यानको दहखोला स्थायी घर भई विगत लामो समयदेखि रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिका-३ स्थित आफन्तको घरमा शरण लिईरहेका कामीको घरजग्गा समेत नरहेको बताएका छन्  । उनका अनुसार उनका दाईले आफ्नो सोझोपनको फाइदा उठाइ बुवाको नाममा रहेको जग्गा बेचबिखन गरि सकेका छन् ।

हाल आफन्तको घरमा बसिरहेका उनको परिवारमा दुइ छोरी र श्रीमती रहेका छन् । स्वास्थ्य अवस्था रहदा दैनिक ज्यालादारी गरेर परिवार पाल्ने उनी आफै अशक्त हुदा छोरीहरुको पढाइ तथा लालनपालनमा समेत समस्य रहेको छ । स्थानीय सडक निर्माणको क्रममा जाजरकोटको एक ठेकेदारसंग काम गरेको समेत पैसा नपाएका उनलाई थुप्रैले काम गरेबापतको पैसा नदिएर ठगेको उनी बताउँछन् ।

हिमाल टाईम्सको सम्पर्कमा आएका बीर बहादुरलाई स्थानीय त्रिवेणी ग्राम अस्पतालमा सामान्य उपचार गरिएको थियो भने केही आवश्यक अौषधी ग्राम अस्पतालका डाक्टर सन्तोष कुमार महतोको पहलमा सदरमुकाम स्थित  “मनकामना लाईफ केयर अस्पताल”बाट नि:शुल्क दिलाएको थियो ।

स्थानीय ग्राम अस्पतालका डाक्टर महतोका अनुसार उनको अहिले हातखुट्टा समेत राम्रोसँग नचल्ने, राम्रोसँग बोल्न नसक्ने जस्ता समस्या रहेको र बिरामीले भनेअनुसार उनलाई केहि समय पहिला टाउकोमा चोट लागेका कारण टाउकोमा रगत जमेको हुन पनि सक्छ । उनलाई सम्बन्धित विशेषज्ञको सल्लाहअनुसार  हालको समस्या अनुसारको चेकजाँच गरेपछि मात्रै प्रमुख समस्या थाहा हुने र उपचार हुने डाक्टर महतोले बताए ।

हाल पीडित बीर बहादुरको घर जग्गा समेत नरहेको र अहिले माइतीको घरमा बसिरहेका उनलाई खान लाउन समेत धौ भएको अवस्थामा उनलाई थप उपचार गर्न सम्बन्धित विशेषज्ञसंग चेकजाँच गराउन आर्थिक अवस्थाका कारण लिन नसकिएको स्थानीय पार्वती पुनले जानकारी दिईन । उनका अनुसार पीडित बीर बहादुर अहिले अशक्त भएपछि दैनिक ज्यालादारी गर्न नसकेकोले परिवारलाई खानलाउन समेत समस्या रहेको छ । सहयोगी मनहरुले थोरै धेरै आर्थिक सहयोग गरिदिए उसको उपचारमा सहयोग हुने र उसलाई निको भए ज्यालादारी गरेर भएपनि परिवार पाल्न सक्ने थियो । पुनले भनिन् ।

(पीडित बीर बहादुर कामीको अवस्था बुझ्न र सहयोग गर्न पीडितका जेठान निराजन बिक ९८२९५१७२१४ र हिमाल टाईम्सकर्मी विपेन उलङगे ९८४० ८९८४२०मा  सम्पर्क गर्न अनुरोध छ )