कपिलवस्तुकाे कृष्णनगरमा भन्सार छली ल्याएको समान प्रहरीद्वारा बरामद

everest kitchen

सुरेन्द्र महतो

कृष्णनगर । कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं २ महेन्द्र पार्क नजिक भारत बाट भन्सार छलि ल्याउदै गरेको समान प्रहरीले बरामद गरिएको छ । इलाका प्रहरी कृष्णनगर मताहतमा रहेको अस्थायी प्रहरी पोष्ट शुरक्षा जांच चौकी (लिंक गेट) का इन्चार्ज प्रहरी नायब निरिक्षक रेशम बहादुर जि. सी. को कमाण्डमा खटिएको टोलीले उक्त अबैध समान बरामद गरेको हो ।

महेंद्र पार्क नजिक भारत बाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको अवस्थामा प्रहरी लाई देख्नसाथ मानिस समान छोडेर भारत तर्फ भागेको थियो । बरामद गरिएको रिमोट द्वारा चल्ने खेलौना र अन्य समानहरु पनि रहेको छ ।

बरामद गरिएको समानहरु अावश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइने साथै उक्त समानको अनुमानित मुल्य रु ५९,१५०-/(उन्साठी हजार एक सय पचास) पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का इन्चार्ज प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनु भयो ।